विराटनगर । प्रहरीले झापा, सुनसरी, धनकुटा र उदयपुरबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाको साथबाट १४ ग्राम ७ सय ५४ मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) तथा ६० किलो गाँजा बरामद भएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सनिश्चितता अभियानअन्तर्गत लागुऔषध नियन्त्रण कार्ययोजना बनाएर काम गरिरहेको डीआईजी ईश्वर कार्कीले बताए । उनका अनुसार लागुऔषध नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको छ ।