भारतीय कारभित्र १६२ किलो गाँजा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २१, शनिबार १४:००

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकबाट प्रहरीले १ सय ६२ किलो गाँजा लोड गरिएको भारतीय कार नियन्त्रणमा लिएको छ ।

अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरी बेस क्याम्प चतराबाट खटिएको संयुक्त टोलीले धरानबाट नडाहातर्फ आउँदै गरेको एमएच ०२ बीपी ९७४२ नम्बरको सुजुकी कम्पनीको कारलाई शनिबार बिहानका राति २ः१० बजेतिर नियन्त्रणमा लिएको थियो । कार रोकेर खानतलासी गर्दा डिकीमा लुकाएर राखेको अवस्थामा ५ वटा प्लाष्टिकका पोका र ३ वटा जेब्रा झोलामा १ सय ६२ किलो गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।

Advertisement

उनका अनुसार प्रहरीलाई देख्नसाथ कार सडकमै छाडेर चालकसहित २ जना फरार भएका थिए । फरार भएकाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

गाँजासहित कारलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगेर राखिएको छ । इन्स्पेक्टर दिवश कुँवर नेतृत्वको टोलीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.