
विराटनगर । मोरङको रंगेलीमा प्रहरीले गोली चलाएर ठूलाे परिणामा लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेकाे छ ।
आइतबार दिउँसो १ राउन्ड हवाई फायर गरी तीन जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ परेकाहरुको साथबाट ४२५ ग्राम ब्राउन सुगर बरामद भएको छ । घटनाकाे थप अनुसन्धान भइरहेकाे उनले बताइन् ।
लागुऔषध करोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट पनि टोली आएको थियो ।

























