
विराटनगर । मोरङ धनपालथानबाट गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । धनपालथान गाउँपालिका–२ पैटामबाट भारत अररियाका २५ वर्षीय मोहमद ईर्साद पक्राउ परेका हुन् ।
प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको असई नवराज कार्की नेतृत्वको टोलीले सोमबार राति ईर्सादलाई पक्राउ गरेको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३८ क्यू ५६८६ नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा ईर्सादले बोकेको जेब्रा झेलाभित्र २५ किलो २ सय ५० ग्राम गाँजा बरामद भएको उनले बताइन् । गाँजासहित पक्राउ परेका ईर्सादलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।

























