भारतीय पर्यटकमाथि कुटपिट र लुटपाट, ३ जना पक्राउ

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २४, मंगलबार १३:०४
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । काठमाडौंमा भारतीय पर्यटकमाथि कुटपिट र लुटपाट भएको छ । लुटपाटमा संलग्न ३ जना पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका घर भइ काठमाडौं महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र टोखा नगरपालिका–१० सृजना टोल बस्ने २८ वर्षीय नीलकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं –१६ ठमेलमा भारतीय पर्यटकहरूलाई अपरिचित व्यक्तिहरूले होटल खोज्न सहयोग गरी दिन्छु भनि गोंगबु बसपार्क नजिक रहेको धुर्ब तारा कम्प्लेक्सको छैटौँ तल्लामा लगी कुटपिट तथा लुटपाट गरेको उजुरी प्रहरीमा परेको थियो ।

घटनापछि फरार रहेकाको खोजी गर्ने क्रममा ३ जना पक्राउ परेका हुन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौं नयाँबजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.