
काठमाडौं । चिनियाँ नागरिकलाई प्रहरीले ठूलो रकमसहित पक्राउ गरेको छ । नेपाली १ करोड ४४ लाख रूपैयाँसहित उनी पक्राउ परेका हुन् ।
चिनियाँ नागकि वाङ जीएनलाई प्रहरीले काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीबाट पक्राउ गरेको हो । एउटा घरको कोठा भाडामा लिएर बस्दै आएका उनको साथबाट बरामद भएको रकमको स्रोत खुलेको छैन ।
स्रोत नखुलेको नखुलेको नेपाली रकमको कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट संयुक्त टोली खटिएको थियो । कोठाबाट रकम बरामद भएपछि पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























