दुई क्वीन्टल गाँजासहित एक जना पक्राउ

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २९, आइतबार ०९:०४

सिरहा । प्रहरीले दुई क्वीन्टलभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेकाे छ । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट स्थानीय २३ वर्षीय राम उदगार मलाहलाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार शुक्रबार राति विशेष सूचनाका आधारमा लागुऔषध गाँजा बोक्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

मलाहकाे साथबाट प्र २–०१–००३प २१५४ नम्बरको मोटरसाइकल पनि बरामद भएकाे छ  उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले सातवटा पोकामा राखिएको जम्मा दुई सय १२ किलो ९२५ ग्राम गाँजा फेला पारेको हो ।

प्रहरीलाई देख्नासाथ  अन्य केही व्यक्ति भने फरार भएका थिए । फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.