यी हुन् सुनसरीमा किशोरीको हत्या गरी फरार पुरुष

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३०, सोमबार ०८:१६

विराटनगर । सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या गरी एक पुरुष फरार भएका छन् ।

हरिनगर गाउँपालिका– ६ घुस्कीकी १८ वर्षीय अर्सी खातुनको हत्या गरी भारतको पुर्णिया जिल्ला पत्राहा पञ्चायत– १६ घुर्नाका २९ वर्षीय आजात मिया जट फरार भएका हुन् ।

प्रहरीका अनुसार जटले आइतबार राति करिब  १ बजे साली अर्सीकाे गाेली प्रहार गरी हत्या गरेका थिए ।

ससुराली आएका बेला सालीकाे हत्या पछि फरार भएका मियाको खोजी भइरहेकाे सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीको हत्या पछि ती पुरुष भागेर भारत नै पुगेकाे देखिएकाे प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.