कोशीमा कोदो : माग बढ्यो, उत्पादन घट्यो

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ श्रावण १६, शुक्रबार १८:०३

विराटनगर । विराटनगरकी मधु राई पछिल्लो ४ वर्षदेखि आफ्नो भान्सामा कोदोको परिकार मात्रै बनाउँछिन् । उनी हप्तामा एकदिन मात्रै भात खान्छिन् र अरु बेला कोदोको मःमः, कुकिज, बिस्कुट र केकजस्ता विभिन्न परिकार बनाउँछिन् ।

मधुले आफ्नो विद्यालयका विद्यार्थीहरूलाई समेत खाजामा कोदोबाट बनेका परिकार खुवाउँछिन् । उनी भन्छिन्, ‘मैदा हटाउने अभियानमा छु ।’

Advertisement

मधुले आफ्ना विद्यार्थीका अभिभावकहरूलाई पनि कोदोका परिकार बनाउन तालिम दिइरहेकी छिन् । उनको अनुभवमा, कोदोको परिकार खाँदा पुरानो बाथ रोगका कारण हुने जोर्नी दुखाइमा राहत मिलेको छ । उनको अनुभवमा रोग रोकथामको सुरुवात आफ्नै भान्साबाट हुन्छ ।
……

पछिल्लो समय कोदोको लोकप्रियता बढ्दो छ । यसले स्थानीय युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गरेको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई कोदोको बिस्कुट बनाउने, ब्रान्डिङ गर्ने र प्याकेजिङ गर्ने तालिम दिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष कमल गिरीका अनुसार ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ नारासहित ११ जना विद्यार्थी र २ जना उद्यमीलाई यो तालिम दिइएको थियो । तालिमपछि उत्पादन गरिएका कोदोका परिकारहरू हलेसी कोसेली घर र नगरपालिकाको डेरीमा बिक्रीका लागि राखिएका छन् ।

यी परिकारहरू उपहार (कोसेली) को रूपमा धेरै बिक्री हुने गरेको वडाध्यक्ष गिरीले बताए । कोदोबाट विभिन्न परिकार बन्ने कुरा थाहा पाएपछि खोटाङका किसानहरूमा कोदो खेतीप्रति आकर्षण बढेको छ र यसको मूल्य पनि वृद्धि भएको छ।

पछिल्लो समय कोशी प्रदेशलगायत देशभरका विभिन्न जिल्लाहरूमा व्यवसायको आधार बनाउँदै कोदोबाट बिस्कुट, कुकिज, र अन्य परिकारहरू बनाउने चलन बढिरहेको छ। नयाँ पुस्ता पनि कोदोका परिकार मन पराउन थालेका छन् ।

बेलबारीकी सन्दिप राई धनकुटाको भेडेटार पुग्दा कोदोको ढिँडो खान रुचाउँछन् ।
यसले देखाउँछ कि पछिल्लो समय रैथाने बाली कोदो पुरानो पुस्तामा मात्र सीमित नभएर सबै उमेर समूहमा लोकप्रिय बन्दैछ ।

विराट मेडिकल कलेजका डाइटिसिएन डाक्टर राजिव गुरागाई अन्य खानेकुरा भन्दा स्वस्थ्यकर रहने बताउँछन् । कोदो खादा रक्तचाप र मधुमेह नियन्त्रण गर्न सहयोग पुयौउँछ ।

फाइबर धेरै हुने भएकाले पाचन क्रिया सुधार, प्रोटिन र आइरनको राम्रो स्रोत हुने भएकाले विशेषगरी बालबालिका र महिलाका लागि उपयोगी हुन्छ ।

उनका अनुसार कोलेस्ट्रोल कम गर्न साथै मुटु रोगका लागि पनि फाइदा हुन्छ । यसको बेफाइदा पनि रहेको डाइटिसिएन डाक्टर गुरागाई बताउँछन् । उनका अनुसार कोदोमा फाइटिक एसिड हुन्छ, जसले शरीरमा आइरन, जिंक र क्याल्सियमजस्ता खनिज तत्वहरू सोस्नमा बाधा पु¥याउँछ। तर, कोदोलाई भिजाएर, अंकुराएर वा पकाएर खाँदा फाइटिक एसिडको मात्रा कम गर्न सकिन्छ ।

कोदो उत्पादनको अवस्था

कृषि विकास निर्देशनालय कोशी प्रदेशको तीनवर्षे तथ्यांक अनुसार कोशी प्रदेशमा कोदोको उत्पादन सन्तोषजनक छ ।यस वर्ष प्रदेशमा ५७,२७० हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो । जसबाट ८५, ९७२.४८ मेट्रिक टन कोदो उत्पादन भएको छ । यसको उत्पादकत्व १.५० मेट्रिक टन प्रतिहेक्टर रहेको छ ।

निर्देशनालयको अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी कोदो उत्पादन हुने जिल्ला खोटाङ हो ।

खोटाङमा १३,३३२ हेक्टर क्षेत्रफलमा खेती हुँदा २१,९९७.८० मेट्रिक टन कोदो फलेको छ, जसको उत्पादकत्व १.६५ मेट्रिक टन प्रतिहेक्टर छ ।

खोटाङसँगै कोदो उत्पादन गर्ने जिल्लाहरुमा ओखलढुङ्गा, भोजपुर , पाँचथर, सोलेखुम्बु, इलाम, तेह्रथुम, ताप्लेजुङ र धनकुटा छन् । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा कोदो उत्पादनमा कमी आएको देखिन्छ ।

आर्थिक वर्ष २०८१/ ०८२                                              आर्थिक वर्ष २०८०/०८१ 

क्षेत्रफल  : -५७,२७०.०३ हेक्टर                                            – ५७३६७ हेक्टर
उत्पादन : -८५,९७२.४८ मेट्रिक टन                                       – ८७३४३ मेट्रिक टन

तथ्याङ्क अनुसार  २०८०/०८१ को तुलनामा २०८१/८२ मा कोदो खेती हुने क्षेत्र घटेको छ ।  माग बढेको छ । यसले कोशी प्रदेशमा कोदो उत्पादनमा देखिएको चुनौतीलाई उजागर गर्दछ । पछिल्लो समय कृषकको बाली छनोटमा परिवर्तन, जलवायुको असर, बजार मूल्यको घटबढ, सरकारी नीतिमा कमी, र कीरा तथा रोगको प्रकोप जस्ता कारण रहेको विज्ञहरु बताउँछन् ।

सरकारको नजर विस्तारमा

कोशी प्रदेश सरकारले कोदी खेती विस्तारको योजना बनाएर काम गरिरहेको कोशी प्रदेशका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले बताए । गत वर्ष प्रदेश सरकारले इलाम जिल्ला को रोङ, धनकुटाको पाख्रीबास, खोटाङको हलेशी तुवाचुङ गाउँपालिकामा रैथाने बालीको सम्भाव्यता अध्ययन र तालिम आयोजना गरेको थियो ।

चालु आर्थिक वर्षका लागि सरकारले रैथाने बाली प्रवर्धनका लागि बजेट विनियोजन गरेको छ । यो बजेट मार्फत किसानलाई थ्रेसर, प्याकेजिङ्– लेबलिङ् उपकरण उपलब्ध गराइने छ । लोकल रक्सी ब्राण्डिङका लागि नीतिगत निर्णय भएको र त्यसका लागि कोदो बालीको उत्पादन लाई जोड दिने गरी कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.