सरकारी कार्यालय आगजनी गर्ने नेकपा नेतासहित पाँच जना पक्राउ

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार २०:३०

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरको सरकारी कार्यालय आगजनी गर्ने समूहका नाइके मध्येका एक ताजिम अन्सारीसहित पाँच जना पक्राउ परेका छन् ।

अन्सारी नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता हुन् । अमनलाल मोदी सामान्य प्रशासन मन्त्री हुँदा उनी स्वकीय सचिव थिए ।

गत भदौ २४ गते अन्सारीले सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गर्ने एउटा समूहको नेतृत्व गरेका थिए ।

तोडफोड र आगजनीमा संलग्न भएको देखिएपछि पक्राउ गरेको मोरङका निमित्त प्रवक्ता प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । उनका अनुसार अन्सारी विराटनगरको बजारबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीसहित राजिव यादव, अरुण साह सोनार, महेश नेपाल र आवाज पौडेल पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताको अगुवाइमा जल्यो विराटनगर

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.