काजमा रहेका चिकित्सक दरबन्दी भएकै अस्पताल फिर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १७, मंगलबार १५:४०
काजमा रहेका चिकित्सक दरबन्दी भएकै अस्पताल फिर्ता

काठमाडौं । दरबन्दी भएको अस्पतालमा नगई सुगम स्थानमा काज मिलाएर बसेका १४ जना चिकित्सकको सरुवा भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १६ को बैठकले काजमा रहेका १४ जना चिकित्सकलाई दरबन्दी रहेकै अस्पताल फिर्ता पठाएको हो ।

Advertisement

डडेलधुरा, नारायणी उपक्षेत्रीय अस्पताल र गजेन्द्रनारायण सिंह अस्पतालको सेवालाई प्रभावकारी बनाउने भन्दै काज फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

काज फिर्ता हुने चिकित्सकहरूमा डा. रोहिता बज्राचार्यलाई भरतपुर अस्पतालबाट गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, डा. जोसनलाला बज्राचार्यलाई कोशी प्रदेश कार्यालयबाट गजेन्द्रनारायण अस्पताल, डा. विशालकुमार देवालाई कोशी अस्पताल विराटनगरबाट गजेन्द्रनारायण अस्पताल र डा. सुशील समदर्शीलाई कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट गजेन्द्रनारायण अस्पताल फिर्ता पठाइएको छ। उनीहरू हालका अस्पतालहरूमा काजमा रहेका थिए।

त्यसैगरी, डडेलधुरा अस्पतालका लागि ४ जना चिकित्सकलाई काज फिर्ता गरिएको छ। जसमा डा. सन्तोषकुमार गुप्ता सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालयबाट डडेलधुरा अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. मिसन्ता शर्मा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट डा. सुयोग्य वाग्लेलाई डडेलधुरा अस्पतालका लागि पठाइएको छ ।

नारायणी अस्पताल पर्साका लागि भने ५ जना चिकित्सकलाई काज फिर्ता गरी सोही अस्पताल खटाइने भएको छ । जसमा राष्ट्रिय चिकित्सा प्रतिष्ठान वीर अस्पतालबाट डा. सोनिकाधरी श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. सन्जोग तिमिल्सिना, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट डा. अरुण ज्ञवाली, स्वास्थ्य सेवा विभाग टेकुबाट डा. मुकेश पौडेल र कान्ति बाल अस्पतालबाट डा. दीपेश भट्टराईलाई काज फिर्ता गरिएको छ। मन्त्रालयका अनुसार उनीहरू स्वास्थ्य सेवातर्फका नवौँ र दसौँ तहका कर्मचारी अन्तर्गत पर्छन्।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.