प्रचण्डलाई ज्वरो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १२:१०

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । उनलाई ज्वरो आएको छ ।

ज्वरो आएपछि सैनिकमञ्च टुँडीखेलमा शुक्रबार आयोजित गणतन्त्र दिवस २०८३ को मूल समारोहमा उनले सहभागिता जनाएनन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनी बिहीबारदेखि नै अस्वस्थ थिए । राति ज्वरो आएपछि चिकित्सकहरूले आराम गर्न सुझाव दिएका कारण उनी निवासमै आराम गरिरहेका छन् ।

Advertisement

‘उहाँलाई हिजोदेखि नै अस्वस्थ महसुस भइरहेको थियो । राति ज्वरो आयो । डाक्टरहरूले आराम गर्न भनेपछि आज कतै जानु भएको छैन,’ आचार्यले भने । गणतन्त्र दिवसको अवसरमा काठमाडौंको सैनिकमञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.