विराटनगरमा ठुलो परिमाणमा प्रतिबन्धित औषधिसहित स्कुटर बरामद 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १८:३७
विराटनगरमा ठुलो परिमाणमा प्रतिबन्धित औषधिसहित स्कुटर बरामद 

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागुऔषधको रूपमा प्रयोग हुने प्रतिबन्धित औषधि बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३९ बीबी २५६२  नम्बरको स्कुटरलाई शंका लागेर चेक गर्न खोज्दा चालक स्कुटर छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement

उक्त बेवारिसे स्कुटरलाई नियन्त्रणमा लिई खानतलासी गर्दा लुकाई छिपाइ ल्याउँदै गरेको ट्रामाडोल हाइड्रोक्लोराइड १८ हजार ६० वटा क्याप्सुल र डाइसाइक्लोमाइन ट्याब्लेट ६ हजार वटा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको स्कुटर र औषधि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा नाराबाजी र प्रदर्शनबीच गृहमन्त्रीले भेटे गोलीकाण्डका घाइते, विमानस्थलमै एक घण्टा सुरक्षा ब्रिफिङ
देवानगन्जपछि मधेशमा हिंसात्मक प्रदर्शन, गोली लागेर किशोरको मृत्यु
उदयपुर र झापामा डुबेर दाजुभाइसहित चार जना बालकको मृत्यु
तराई अशान्तिबारे प्रधानमन्त्रीको सम्बोधन: संयम अपनाउन र अफवाहको पछि नलाग्न अपिल
डर, शोक र प्रतीक्षामा बाँचेको कप्तानगन्ज : ‘बदला होइन, न्याय चाहियो’
छिमेकी जिल्ला अशान्त बनेपछि सामाजिक सद्भाव जोगाउन सप्तरीमा पहल
कप्तानगन्ज गोलीकाण्डका एक जना घाइतेलाई विराटनगरबाट लगियो काठमाडौं
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
हिंसा फैलाउने सामग्री सम्प्रेषण गर्ने ११ मिडियामाथि काउन्सिलको कारबाही
गोलबजार घटना छानबिन गर्न मधेस प्रदेश प्रहरीद्वारा समिति गठन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×