ग्रामथानमा सामान्य विवादमा खुकुरी प्रहार, एक जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार ०७:३७
ग्रामथानमा सामान्य विवादमा खुकुरी प्रहार, एक जना घाइते

मोरङ । मोरङको ग्रामथान गाउँपालिका–१ खुनियाकट्टामा सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गरेको आरोपमा ग्रामथान गाउँपालिका–१ खुनियाकट्टाका ३० वर्षीय अजयकुमार ऋषिदेवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार साँझमा अजय र सोही ठाउँका सुसिया ऋषिदेवबीच भएको विवाद बढ्दै जाँदा अजयले खुसियामाथि खुकुरी प्रहार गरेका थिए ।

Advertisement

खुकुरी प्रहारबाट खुसियाको टाउकोको पछाडिको भागमा चोट लागेको र उनको हाल बुढीगंगास्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी झोराहाटको टोलीले खुकुरीसहित अजयलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेस विवाद: सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.