नेप्सेमा १९ अंकको गिरावट 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार १७:०१
नेप्सेमा १९ अंकको गिरावट 

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार हुने साताको दोस्रो दिन मंगलबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार झैँ मंगलबार पनि बजार ओरालो लाग्ने क्रम जारी रहँदा लगानीकर्ताहरूमा केही निराशा देखिएको छ ।

मंगलबार नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा कायम भएको छ । नेप्से सँगसँगै अन्य उप–सूचकहरू पनि ओरालो लागेका छन् । सेन्सेटिभ इन्डेक्स २.५५ अंक, फ्लोट इन्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८८ अंकले घटेको छ ।

Advertisement

बजार घटेसँगै कारोबार रकममा पनि संकुचन आएको छ । सोमबार ५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४५ करोडले घटेर ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । दिनभरिमा ३४७ कम्पनीको १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर ५५ हजार २४६ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

बजारमा समग्र गिरावट आए पनि दुई कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टको शेयर मूल्य ६८ रुपैयाँ ४० पैसाले बढेर ५२४ रुपैयाँ ६० पैसा र माउन्ट एभरेस्टको शेयर मूल्य ७८ रुपैयाँ ६० पैसाले बढेर ६०३ रुपैयाँ २० पैसा पुगेको छ । यी दुवै कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको हो ।
यता, सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य १०.६३ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आज एग्रिकल्चरल बण्ड (९ वर्ष) शीर्ष स्थानमा रह्यो, जसको ५० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, सोलु हाइड्रोपावरको ३९ करोड र खानी खोला हाइड्रोपावर कम्पनीको २५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक राताम्मे देखिएको छ । केवल ‘व्यापार’ उपसमूहको परिसूचकमा मात्र सामान्य अंकको सुधार देखिएको छ भने बाँकी सबै क्षेत्रका सूचकहरू घटेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.