विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार ०६:०७
विदेशी मुद्राको विनिमय दर यस्ताे छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा तथा युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ६९ पैसा एवं स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९४ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा एवं थाई भाट एकको खरिददर चार रुपैयाँ ४१ पैसा र बिक्रीदर चार रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

युएई दिराम एकको खरिददर ४० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४० रुपैयाँ ८० पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १७ पैसा र बिक्रीदर ११ रुपैयाँ २२ पैसा एवं स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०४ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ३० पैसा एवं बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २३ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.