झापामा कुटपिटबाट २ किशोरको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १९, बिहीबार ११:२१

झापा । झापाको शिवसताक्षी नगरपालिकामा कुटपिटका कारण २ जना किशोरको मृत्यु भएको छ ।

ट्युसनबाट फर्कंदै गर्दा आफ्नै साथीहरुको कुटाइबाट संगम चोकका १५ वर्षीय आदित्य तामाङको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको झापा प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर प्रवीण श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनका अनुसार यसअघि आइतबार आदित्यकै मिल्ने साथी रोमन थापाको पनि बिर्तासीटी अस्पतालमा मृत्यु भएको थियो । एउटै समूहको कुटपिटबाट दुवै जनाको मृत्यु भएको इन्स्पेक्टर श्रेष्ठले बताए ।

प्रहरीका अनुसार केही दिनअघि ट्युसन पढेर फर्कंदै गरेका आदित्य र रोमनमाथि ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीले कुटपिट गरेका थिए । प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार ती किशोरहरूले सुरुमा सामान्य रुपमा कुटपिट गरेर ‘जा’ भन्दै पठाएका थिए । तर, केही बेरपछि उनीहरूलाई फेरि बोलाएर त्यही समूहले आक्रमण गर्यो ।

कुटपिटपछि आदित्यले घरमा केही बताएका थिएनन् । भोलिपल्ट उनी ट्युसन सेन्टरमा गएनन् । तर, विद्यालय गएका थिए । विद्यालयमा उनले अनुहार सुन्निएको र ढाड दुखेको बताए । स्वास्थ्य झन् बिग्रँदै गएपछि मात्र उनलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । ५ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएका उनको अन्ततः मृत्यु भएको प्रहरीले जनाएको छ ।

आदित्य र रोमन एउटै ट्युसन सेन्टरमा हुन्थे । दुवै जना सँगसँगै हुने गरेको र उनीहरुलाई एउटै समूहले आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्नमध्ये ६ जना किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरू सबैले प्रारम्भिक बयानमा घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनामा अन्य व्यक्तिहरू पनि संलग्न हुनसक्ने आशंका गरिएको छ । नियन्त्रणमा लिइएका किशोरहरू विद्यालय पढ्ने उमेरका छन् ।

आक्रमणमा संलग्न भनिएका अधिकांश विद्यार्थीहरू ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका रहेको खुलेको छ । घटनापछि विद्यार्थीहरूबीच तनावको अवस्था देखिएको छ ।

कुटपिट भएको भोलिपल्ट विद्यालयमा केही साथीहरूले दोषीमाथि प्रतिशोध लिनुपर्ने बताएका थिए । तर, आदित्यले उल्टै ‘छोडिदेऊ, झगडा नगरौं’ भनेर आफ्ना साथीहरूलाई सम्झाएको उनका सहपाठीहरूले बताएका छन् ।

दुवै मृतकका परिवारले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूले दोषीमाथि कडा कानुनी कारबाही गर्न पनि आग्रह गरेका छन् । आमाबुवाले आफ्ना छोराहरू सामान्य ट्युसन पढ्न गएका थिए । तर, लासमा परिणत भएर फर्किएको भन्दै आक्रोश पोखेका छन् ।

स्थानीयले समेत विद्यालयको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । शिवसताक्षीमा बढ्दो किशोर ग्याङ गतिविधि र विद्यालय परिसरबाहिरको असुरक्षित वातावरणले स्थानीय चिन्तित बनेका छन् ।

घटनामा संलग्नहरु नाबालक हुन् । उनीहरुमाथि बाल अपराधसम्बन्धी ऐनअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ । घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
एक रुपैयाँको सिक्कामा अब चुच्चे नक्सा, आकाश भैरवको चित्र पनि समेटिने
कंगोमा इबोला तीव्र रूपमा फैलँदै, १ सय जनाको मृत्यु
इबोला महामारी नियन्त्रणभन्दा बाहिर, १० हप्तामै १,३०० भन्दा बढीको मृत्यु
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
कोशीको सत्ता नयाँ मोडमा : हिक्मतकै निरन्तरता कि तिलकुमारको सम्भावना ?
गोली हानेपछि पक्राउ परे झुम्का कारागारका फरार कैदी
झापामा इलेक्ट्रिक स्कुटरको ठक्करबाट तीन महिला घाइते, एक जनाको अवस्था गम्भीर
यस्तो रहनेछ मौसम, कहाँ–कहाँ हुँदैछ वर्षा ?
४६ अर्बको पूर्वपश्चिम सडक धमाधम कालोपत्र
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
विराटनगरमा एमएससी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×