मोरङमा ट्याक्टर चालकको आक्रमणबाट घाइते भएका ट्रक चालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १९, बिहीबार १६:५८
उपचाररत अवस्थामा लिइएको गोर्खबहादुर दोङको तस्बिर ।

विराटनगर । मोरङको कटहरीमा ट्याक्टर चालकको आक्रमणमा परेर गम्भीर घाइते भएका ट्रक चालकको बिहीबार दिउँसो मृत्यु भएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार ना ५ ख ५६१६ नम्बरको ट्रकका चालक सर्लाहीको धुर्कैली घर भएका ५६ वर्षीय गोर्खबहादुर दोङको मृत्यु भएको हो । उनीमाथि कटहरी गाउँपालिका–३ स्थित इको पावर सोलुसन प्रा.लि नामक उद्योग परिसरभित्र बुधबार दिउँसो आक्रमण भएको थियो ।

Advertisement

उक्त उद्योगमा गाडीका पुराना टायरहरु प्रशोधन गरिँदै आएको छ । ट्रकमा पुराना टायर लिएर गएका दोङमाथि टायर झार्र्दै गरेको अवस्थामा को १ त ५०३३ नम्बरको ट्याक्टरका चालक कटहरी–३ का अन्दाजी ३० वर्षीय दिपेश कामतले आक्रमण गरेको एसपी चिमरियाले बताए ।

‘ट्याक्टरमा उद्योग परिसरमा माटो भर्ने काम भइरहेको रहेछ । ट्रक पुराना टायर लिएर त्यहाँ पुगेको थियो । ट्रकले टायर झार्दै गर्दा चालकहरुबीच विवाद भएको पाइयो । ट्रकले बाटोमा अवरोध गरेको भन्दै ट्याक्टर चालक कामतले विवाद गर्न थालेछन् । विवाद बढ्दै गएपछि लाट्ठीले दोङको टाउकोमा प्रहार गरेको खुलेको छ,’ उनले भने । घटनामा गम्भीर घाइते भएका ट्रक चालक दोङलाई उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

उनको टाउकाको शल्यक्रिया पनि गरिएको थियो । तर, उपचार सम्भव नभएको अस्पतालले जनाएको छ । बिहीबार दिउँसो ३ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । घटनालगत्तै ट्याक्टर चालक कामत फरार भएका थिए । उनलाई खोजी गरेर प्रहरीले पक्राउ गरिसकेको छ ।

कामतविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको एसपी चिमरियाले बताए ।

तपाइको प्रतिक्रिया
सुनसरीमा तनाव मत्थर : कर्फ्यु यथावत्, सुरक्षा कडा
महिला कबड्डी टोलीले भारत जाँदै 
महिला कबड्डी टोलीले भारत जाँदै 
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव अस्पतालमै, यस्तो छ परिवारको अडान
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×