रंगेलीमा गाेली चल्याे, तीन जना पक्राउ

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २२, आइतबार १५:५९

विराटनगर । मोरङको रंगेलीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गाेली चलाएकाे छ ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले १ राउन्ड हवाइ फायर गरेको हो ।

गाेली चलाएकाे प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ पनि गरेकाे छ ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही स्थानका ३८ वर्षीय सुशिल बुढाथोकी र एक भारतीय महिलालाई पक्राउ गरेको हो । भारतीय महिलाको पहिचान खुलेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.