साइकलमा हिँडिरहेका वृद्धको साथमा भेटियो खैरो हेरोइन

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २५, बुधबार १८:१४

विराटनगर । साइकलमा हिँडिरहेका १ जना वृद्ध पुरुषको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ । ती वृद्ध भारतीय नागरिक हुन् ।

झापाको झापा गाउँपालिका–१ बाट उनलाई बुधबार दिउँसो ३ बजेतिर पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले भारतको बिहार किसनगञ्जका ६० वर्षीय गबरी साहलाई पक्राउ गरेको हो ।

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर प्रहरीले उनको शरीर खानतलासी गरेको थियो । त्यस क्रममा साहले लगाएको ट्रयाक सुटको बायाँ गोजीमा प्लाष्टिकभित्र पोको पारी लुकाइछिपाइ ल्याएको अवस्थामा खैरो हेरोइन बरामद भएको डीएसपी खड्काले बताए ।

उनका अनुसार साहको साथबाट प्लाष्टिकसहित १ सय १ ग्राम ६३ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । साहलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी खड्काले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.