विराटनगरबाट ब्राउन सुगरसहित २ जना पक्राउ

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २६, बिहीबार ११:५१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले बुधबार साँझ लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३३ वर्षीय श्यामबहादुर पौडेल र मोरङको बूढीगंगा गाउँपालिका–३ का ३७ वर्षीय बिन्दुराज महत्रा रहेका छन् । भारतको जोगवनीबाट पैदल नै नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

दुवै जनालाई विराटनगर महानगरपालिका–१६ स्थित ३ नम्बर ढाटनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.