
सिरहा । प्रहरीले दुई क्वीन्टलभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेकाे छ । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट स्थानीय २३ वर्षीय राम उदगार मलाहलाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार शुक्रबार राति विशेष सूचनाका आधारमा लागुऔषध गाँजा बोक्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
मलाहकाे साथबाट प्र २–०१–००३प २१५४ नम्बरको मोटरसाइकल पनि बरामद भएकाे छ उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले सातवटा पोकामा राखिएको जम्मा दुई सय १२ किलो ९२५ ग्राम गाँजा फेला पारेको हो ।
प्रहरीलाई देख्नासाथ अन्य केही व्यक्ति भने फरार भएका थिए । फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

























