मन्दिर परिसरमा चक्कु प्रहार, १ जनाको मृत्यु

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ५, सोमबार १६:११

सिन्धुली । महादेव मन्दिर दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट १ जनाको हत्या भएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा सोमबार मध्यान्ह घटना भएको हो । मन्दिर दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा भएको र त्यसपछि ज्यानै जाने गरी चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मन्दिरनजिकैको चिया पसलमा १० जना भन्दा धेरै तीर्थयात्री बसेको बेला विवाद हुँदा दोहोरो झडप भएको थियो । त्यस क्रममा चक्कु प्रहार हुँदा १ जना तीर्थयात्रीको मृत्यु भएको सिन्धुली प्रहरी प्रम्ुख लालध्वज सुवेदीले बताए ।

उनका अनसार मृतकको पहिचान खुल्न बाँकी छ । शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल पुर्याएको छ । चक्कु प्रहार गर्नेहरु जंगलतर्फ भागेको र खोजी तीव्र पारिएको सुवेदीले बताए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.