
विराटनगर । संखुवासभाबाट ज्यान मुद्दाका प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । भोजपुरको जरायोटार– ४ का ३६ वर्षीय पर्शुराम बिकको हत्यामा संलग्न संखुवासभाको चैनपुर नगरपालिका– ९ का शम्सेरबहादुर तामाङ २१ वर्षपछि पक्राउ परेका हुन् ।
उनलाई पुनरावेदन अदालत धनकुटाले मिति २०६९ असार १७ गते २ वर्ष कैद सजाय सुनाएको थियो । बिककाे २०६१ साल चैत २२ गते हत्या भएकाे थियाे ।
घटनापछि फरार रहेका तामाङ घर फर्किएको सूचनापछि इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
तामाङलाई जिल्ला कारागार खाँदबारी चलान गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

























