सुनसरी कारागारबाट पर्खाल नाघेर भागेका कैदी झापामा समातिए

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३१, शनिबार ०८:०४
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । सुनसरी कारागारबाट पर्खाल नाघेर भागेका कैदी झापामा पक्राउ परेका छन् ।

खोटाङको दिप्रुङ-चुचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेल खत्रीलाई बिर्तामोड नगरपालिका–१० विराट पोखरी नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी २०८२ साउन २८ गते बिहान सुनसरी कारागारको पर्खाल नाघेर भागेका थिए ।

पौडेल जबर्जस्ती करणी मुद्दाका कसुरदार हुन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा पौडेललाई शनिबार बिहान करिब ६ बजे नियन्त्रणमा लिएको हो ।

सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा पौडेललाई १३ वर्ष कैद, ५ लाख रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । पौडेलबाट पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसलासमेत गरेको थियो ।

पक्राउ परेका पौडेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.