बलात्कारपछि नाबालिका भतिजीको हत्या गर्ने काकाविरुद्ध २ वटा मुद्दामा अनुसन्धान

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १५, आइतबार २०:३८

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा बलात्कारपछि नाबालिका भतिजीको हत्या गर्ने काकाविरुद्ध २ वटा मुद्दामा अनुसन्धान सुरु भएको छ ।

बलात्कारपछि ७ वर्षीया आत्तिका सरदारको हत्या गर्ने उनकै कान्छा काका २२ वर्षीय अनिष सरदारविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । अदालतबाट आइतबार म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

बलात्कारपछि मारेर फालेको अवस्थामा आत्तिकाको शव शनिबार बिहान फेला परेको थियो ।

मोरङको धनपालथानमा नाबालिकाको हत्या : काकाले बलात्कार गरेर मारे, घटना लुकाउन शव फालिदिए

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.