राजनीतिक सभा र नाराबाजी छाडेर सडक किनारमा भेटिन्छन् पारुल

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण १४, बुधबार १७:२०

विराटनगर । कुनै बेला विराटनगरको राजनीतिक वृत्तमा परिचित र राम्रो छवि बनाएका पारुल क्षेत्री आजभोलि सडक किनारमा भेटिन्छन् । राजनीतिक सभा र नाराबाजी छाडेर उनी सडक किनारमा बिरुवा रोप्न र तिनलाई हुर्काउन व्यस्त छन् ।

राजनीतिमा सक्रिय रहँदा देखेका सपना भाषण र आश्वासनमा सीमित भएपछि क्षेत्रीले आफैंले परिणाम देख्न सकिने बाटो रोजेका हुन् ‘हरियाली अभियान’ । अहिले उनको परिचय राजनीतिकर्मीभन्दा पनि ‘हरियाली अभियन्ता’का रूपमा स्थापित भएको छ ।

Advertisement

‘हामीले लगाएको ८ हजारभन्दा बढी भइसक्यो,’ क्षेत्री भन्छन्, ‘हाम्रो लक्ष्य भनेको जति बिरुवा लगाइएको छ, त्यति नै हुर्काउनु पर्छ भन्ने हो । कुनै मर्यो भने त्यसलाई तुरुन्तै अर्कोले प्रतिस्थापन गर्छौं ।’ यो अभियान सुरु भएको डेढ वर्ष भयो । यो छोटो अवधिमै विराटनगरका सडक किनारमा हुर्कंदै गरेका बिरुवाहरूले अभियान्तालाई उत्साहित बनाएको छ ।

विराटनगरको राजनीतिक वृत्तमा परिचित र राम्रो छवि बनाएका क्षेत्री राजनीतिक जुलुस र सभा छाडेर विरुवा हुर्काउने अभियानमा लाग्ने कारण बालबालिका र वृद्धवृद्धा हुन् । ‘सडक पेटीमा स्कुले बालबालिका र बुढाबूढी मान्छे घाममा उभिएको देख्दा बिरुवा रोप्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो,’ उनी भन्छन्,‘ पहिलेदेखि नै विरुवा चाहिँ रोपिरहेको थिएँ । तर, साथीहरुसँग सल्लाह गरेर अभियान चलाएको डेढ वर्ष भयो ।’

विराटनगरको उत्तरी गेटदेखि जोगवनी सिमानासम्मको करिब ८ किलोमिटर क्षेत्रमा ८ हजारभन्दा बढी बिरुवा रोपेर हरियाली बनाउने लक्ष्यका साथ क्षेत्री र उनको ‘हरियाली समूह’ दिनहुँ खटिरहेको छ। अभियानमा जोडिएका सयदेखि १ सय ५० जना सदस्य र अन्य शुभचिन्तकहरूले आफ्नै खर्चमा बिरुवा किन्छन्, रोप्छन् र तिनलाई सुरक्षित राख्न बाँसको टाटीले घेरा हाल्छन् ।

सरकारी निकायले पनि बिरुवा दिन थालेको छ । ‘हाम्रो अभियानमा दिनहुँ ८–१० जना साथीहरू आलोपालो गरेर आउनुहुन्छ,’ क्षेत्रीले भने, ‘जाडोमा साँझ ४ बजेपछि र गर्मीमा ५ बजेपछि हामी काममा निस्कन्छौं । किनभने त्यो बेला बिरुवालाई राम्रो हुन्छ ।’ यो अभियान बिरुवा रोप्नमा मात्र सीमित छैन । यसले एउटा संस्कारको विकास गरिरहेको छ। अभियानकर्मीहरूले आफ्नो वा परिवारको जन्मदिनजस्ता विशेष अवसरमा समेत बिरुवा रोपेर उत्सव मनाउने गरेका छन् ।

कहिलेकाहीँ उच्छृङ्खल समूहले रातारात बिरुवा उखेलिदिने वा भाँचिदिने गर्छ । यस्ता घटनाले मन दुख्ने भए पनि अभियानकर्मीहरूले हार मानेका छैनन् ।

‘जहाँ बिरुवा मरेको वा उखेलिएको छ । हामी त्यहाँ फेरि अर्को बिरुवा रोप्छौं,’ क्षेत्री भन्छन् । बिरुवा संरक्षणका लागि स्थानीय घरधनी र पसलेहरूको सहयोग अनिवार्य हुन्छ । जसले सहयोग गरेका छन्, त्यहाँ बिरुवाहरू निकै राम्रोसँग हुर्किएका छन् । उनीहरूको लक्ष्य कुनै संख्यामा सीमित छैन । विराटनगरको हरेक खाली र उपयुक्त कुना–काप्चामा हरियाली फिँजाउने छ ।

‘हाम्रो चाहिँ लक्ष्य भनेको यति संख्या भनेर निर्धारण गरेका छैनौं । तर, विराटनगरका कुना–काप्चा जुन–जुन ठाउँमा बिरुवा रोप्न सकिन्छ । उपयुक्त ठाउँ सबैमा रोप्ने भन्ने छ,’ उनले भने, ‘एउटा बिरुवालाई हुर्किन दिनलाई ३ वर्ष चाहिँ स्याहार्नुपर्छ भन्छन् । तर, हामीले २ वर्षमै बिरुवा एकदम राम्रोसँग हुर्काउन सकेका छौं ।’

 

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीका विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.