आज शरीरमा तेल लगाउने र नीमको पात खाने दिन

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ५, बिहीबार १२:१८

काठमाडौं । नयाँ वर्षको पूर्वसन्ध्यामा आज औषधीय गुण भएको नीमको पात खाने र शरीरमा शरीरमा तेल लगाउने पर्व मनाइँदै छ। परम्परागत र सांस्कृतिक मान्यता बोकेको यो दिनलाई स्वास्थ्यका दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिन्छ।

तितो अमृतका रूपमा लिइने नीमको पातलाई प्रत्येक वर्ष नयाँ साल सुरु हुनुअघि खाने चलन छ। आगामी वर्षको मिठास पर्खिन विगतका तीता पलहरूलाई नीमको पातसँगै चपाएर बिर्सने गरिन्छ भन्ने जनविश्वास छ। नीमलाई प्राचीनकालदेखि नै निरोगिताको प्रतीक र शक्तिशाली आयुर्वेदिक औषधिका रूपमा प्रयोग गरिँदै आएको छ।

Advertisement

आजका दिन नीमको पात चपाउने र शरीरमा तेल लगाउनाले शरीरको भित्री तथा बाहिरी भाग स्वास्थ्यकर हुने विश्वास गरिन्छ। नीमको पात खानाले पेटका रोगहरू निको हुने र तेल लगाउनाले शरीर थप मजबुत तथा छाला मुलायम हुने धार्मिक तथा वैज्ञानिक मान्यता छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.